Gold
काठमाडौँ । नेपाली बजारमा शुक्रबार पनि सुनको मूल्य घटेकाे छ । आज प्रतिताेला ३ हजार रुपैँयाँले मूल्य घटेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य ३ लाख ३ हजार ५०० कायम भएको छ।
यस्तै आज चाँदीकाे मूल्य पनि घटेको छ । ३४० रुपैँयाँले घटेर एक तोला चाँदीको मूल्य आज ५ हजार कायम भएको महासंघले जनाएकाे छ ।
माघ १५ गते बिहीबार सुन र चाँदी हालसम्मकै उच्च विन्दुमा पुगेकाे थियाे । त्यस दिन सुन प्रतिताेला ३ लाख ३९ हजार ३०० र चाँदी ७ हजार ५०५ रुपैंयाँमा काराेबार भएकाे थियाे ।

February 13, 2026, Jyotishsanchar press