आजकाे मौसम पूर्वानुमान यस्ताे छ

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएकाे छ ।

जसका कारण गण्डकी प्रदेशमा साधारणतया बादल लागेको छ भने देशका पहाडी र हिमाली भागमा आंशिक बादल लागेको छ ।

बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ। गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भागमा हल्का वर्षा/हिमपात भइरहेको छ ।

तराई भागका केही स्थानहरूमा मध्यान्हसम्म हुस्सु/कुहिरो रहनेछ। कोशी, बागमती र गण्डकीका पहाडी र हिमाली भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएकाे छ ।

Mausam 11 Lbu2jteuoh

February 16, 2026, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको