काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।
आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लागेको छ भने बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिमको पहाडी र हिमाली भागमा साधारणतया बादल लाग्नेछ । लुम्बिनी प्रदेश लगायत सुदूरपश्चिम प्रदेशको तराई तथा बाँकी पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ ।
राति तराईका थोरै स्थानहरूमा तुवाँलो रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ। बाँकी उच्च पहाडी र हिमाली भागमा आंशिक बादल लाग्नेछ ।

February 18, 2026, Jyotishsanchar press

