पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ ।

जसको प्रभावले कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बादल लागेको छ । बाँकी पहाडी क्षेत्रमा आंशिक बादल तथा अन्य भागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो देशका हिमाली भागमा साधारणतया बादल लाग्नेछ । बाँकी भागमा आंशिक बादल लाग्नेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागको थोरै स्थानहरूमा तथा बाँकी पहाडी र हिमाली भूभागको एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

राति कोशी र बागमती प्रदेश लगायत बाँकी हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ। मधेस प्रदेश लगायत बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्नेछ ।

Mausam 11 Lbu2jteuoh

February 19, 2026, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको