काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । जसले गर्दा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भागलगायत देशका बाँकी भागमा आंशिक बादल लागेको छ । बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो तराईका केही स्थानहरूमा हुस्सु रहनेछ। देशको हिमाली भागमा साधारणतया बादल लाग्नेछ। पहाडी भागमा आंशिक बादल लाग्नेछ । तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
आज राति तराईका थोरै स्थानहरूमा तुवाँलो रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भागमा आंशिक बादल लाग्नेछ भने बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

February 22, 2026, Jyotishsanchar press

