काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । जसले गर्दा हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भागमा साधारणतया बादल लागेको छ ।
आज दिउँसो तराईका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाडी भागमा साधारणतया बादल लाग्नेछ ।
कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भागका थोरै स्थानहरू र बाँकी प्रदेशका पहाडी र हिमाली भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना छ।
आज राति तराईका थोरै स्थानहरूमा तुवाँलो रहनेछ। देशका हिमाली भागमा साधारणतया बादल लाग्नेछ भने पहाडी भूभागमा आंशिक बादल लाग्नेछ ।

February 27, 2026, Jyotishsanchar press

