आजकाे माैसमः पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ ।

जसले गर्दा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भाग, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भागमा साधारणतया बादल लाग्नेछ । बाँकी प्रदेशको पहाडी भागमा आंशिक बादल लागेको छ। तराई भागका थोरै स्थानहरूमा तुवाँलो रहेको छ।

आज दिउँसो तराईका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ । देशका हिमाली भागमा साधारणतया बादल लाग्नेछ। देशको पहाडी भागमा आंशिक बादल लाग्नेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

आज राति तराईका थोरै स्थानहरूमा तुवाँलो रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ। कोशी र गण्डकी प्रदेशका पहाडी भूभाग सहित बाँकी हिमाली भूभागमा आंशिक बादल लाग्नेछ ।

Mausam 11 Lbu2jteuoh

March 1, 2026, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको