आजकाे माैसम पूर्वानुमान यस्ताे छ

काठमाडौँ । माैसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । जसले गर्दा कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भागमा आंशिक बादल लागेको छ ।

आज दिउँसो तराईका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ। कोशी प्रदेशका पहाडी र हिमाली भागमा साधारणतया बादल लाग्नेछ।

बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भागमा आंशिक बादल लाग्नेछ । बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशको पहाडी र हिमाली भागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ।

राति तराई भागका थोरै स्थानहरूमा तुवाँलो रहनेछ। कोशी र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्ने महाशाखाले जनाएको छ।

Mausam 11 Lbu2jteuoh

March 3, 2026, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको