काठमाडौँ । आज देशका अधिकांश भागमा मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेको छ ।
साथै मुलुकका पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा तथा हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
कोशी प्रदेशका हिमाली, पहाडी र तराई भागमा आंशिक बदलीदेखि मुख्यतया माैसम सफा रहने जनाइएको छ भने तराईका केही भागमा मुख्यतया मौसम सफा रहनेछ ।
बागमती प्रदेशका हिमाल, पहाड र तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा मौसम रहने पूर्वानुमान गरिएको छ । गण्डकी प्रदेशका सबै भू–भागमा आंशिक बदली हुनेछ ।

March 5, 2026, Jyotishsanchar press

