देशका अधिकांश स्थानमा मौसम सफा रहने

काठमाडौँ । आज देशका अधिकांश स्थानमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रही एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

पहाडी भागमा आंशिक बदली रहने र केही स्थानमा हल्का वर्षा हुनसक्ने अनुमान गरिएको छ । तराई क्षेत्रको मौसम भने मुख्यतया सफा रहने छ।

त्यसैगरी बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहे पनि पहाडी क्षेत्रमा आंशिक बदली तथा तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने जनाइएको छ ।

Mausam 11 Lbu2jteuoh

March 6, 2026, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको