काभ्रेका दुवै निर्वाचन क्षेत्रमा मतगणना जारी

धुलिखेल । काभ्रेका दुवै निर्वाचन क्षेत्रमा मतगणना जारी छ । क्षेत्र नम्बर २ काे धुलिखेल नगरपालिका वडा नम्बर १ देखि ७ सम्म गणना हुँदा रास्वपाका बदन भण्डारी अग्रस्थानमा छन् ।

उनले ५ हजार ११० मत ल्याउँदा एमालेका अशाेक व्याञ्जुले २ हजार १०८ र नेपाली कांग्रेसका मधु आचार्यले १ हजार १३२ मत ल्याएका छन् ।

यहाँ नेकपाका वसुन्धरा हुमागाईँले ३३१ र उज्यालाे नेपालकी ज्याेत्सना सैँजुले ३०२ मत ल्याएकी छिन् ।

यस्तै क्षेत्र नम्बर १ अन्तर्गत महाभारत गाउँपालिका वडानम्बर ५ काे मत गणना हुँदा नेकपाका दिनानाथ गाैतमले अग्रस्थान लिएका छन् ।

उनले ४०६ मत ल्याउँदा कांग्रेसका गुणराज मुक्तानले २५४, एमालेका अमित लामाले १४३ र रास्वपाका मधु चाैँलागाईँले २७ मत पाएका छन् ।

648222423 4203955066536760 7279540004264295014 N

March 6, 2026, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको