धुलिखेल । काभ्रेका दुवै निर्वाचन क्षेत्रमा मतगणना जारी छ । क्षेत्र नम्बर २ काे धुलिखेल नगरपालिका वडा नम्बर १ देखि ७ सम्म र पनाैती नगरपालिकाका १, २ र ३ नम्बर वडा, पाँचखाल र बनेपाका केही वडामा गणना हुँदा रास्वपाका बदन भण्डारी निकै अगाडि छन् ।
उनले ३८ हजार ५१८ मत ल्याउँदा नेपाली कांग्रेसका मधु आचार्यले १० हजार ४८० मत ल्याएका छन् । यहाँ एमालेका अशाेक व्याञ्जुले ९ हजार १०९, नेकपाका वसुन्धरा हुमागाईँले ४ हजार ३४७ र उज्यालाे नेपालकी ज्याेत्सना सैँजुले २ हजार २४५ मत ल्याएकी छिन् ।
यस्तै क्षेत्र नम्बर १ अन्तर्गत महाभारत गाउँपालिका, खानीखाेला लगायतकाे मत गणना हुँदा नेकपाका दिनानाथ गाैतमले अग्रस्थान लिएका छन् । उनले ९ हजार ३६७ मत ल्याउँदा कांग्रेसका गुणराज मुक्तानले ७ हजार ५२६, एमालेका अमित लामाले ५ हजार ५६४ र रास्वपाका मधु चाैँलागाईँले ५ हजार १११ मत पाएका छन् ।

March 7, 2026, Jyotishsanchar press

