चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट तेस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । लामिछाने ५४ हजार ४०२ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी मीना खरेलले १४ हजार ५६४ मत पाएकी छिन् । यस्तै, एमालेका अस्मिन घिमिरेले ६ हजार ९३२ मत ल्याएका छन् ।
लामिछानेले २०८० सालमा भएको उपनिर्वाचनमा ५४ हजार १७६ मत प्राप्त गरेका थिए ।

March 7, 2026, Jyotishsanchar press

