भक्तपुर २ मा रास्वपाका राजीव खत्री निर्वाचित

काठमाडौं । भक्तपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका राजीव खत्री निर्वाचित भएका छन् ।

खत्रीले ३४ हजार ७०२ मत प्राप्त गर्दै जीत हासिल गरे । यस क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) का उम्मेदवार महेश बस्नेतले ८ हजार ३५१ मत प्राप्त गरे । नेपाली कांग्रेसका कविर राणाले ७ हजार ३२१ मत पाएका छन् ।

नेपाल मजदुर किसान पार्टीका रमेश वैद्यले २ हजार ९४१ मत प्राप्त गरेका छन् । नेपाली कम्युनिष्ट पार्टीका रामप्रसाद सापकोटाले १ हजार ११४ मत पाएका छन् ।

Rajib 1772855741

March 7, 2026, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको