काभ्रे १ मा रास्वपाका चाैलागाईंलाई अग्रता

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनको मतगणना जारी रहँदा काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता लिएको छ ।

यहाँ रास्वपाका उम्मेदवार मधुकुमार चौलागाईं १३ हजार ४३० मतका साथ पहिलो स्थानमा छन् ।

उनलाई नेपाली कांग्रेसका उम्मेदवार गुणराज मुक्तानले पछ्याइरहेका छन् । उनले हालसम्म १२ हजार ३४० मत प्राप्त गरेका छन् । चौलागाईं र मुक्तानबीचको मतान्तर १ हजार ९० रहेको छ ।

त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार दिननाथ गौतम १० हजार ९२१ मतका साथ तेस्रो स्थानमा छन्।

637217017 1686701182502949 7314719722835501698 N

March 7, 2026, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको