काभ्रे १ मा रास्वपाका चाैलागाईं विजयी

बनेपा । प्रतिनिधि सभा निर्वाचनको मतगणना जारी रहँदा काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जीत निकालेकाे छ ।

यहाँ रास्वपाका उम्मेदवार मधुकुमार चौलागाईं २९ हजार ६१८ मतका साथ विजयी भएका हुन् ।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गुणराज मुक्तानले १९ हजार १६६ मत प्राप्त गरेका छन् ।

त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार दिनानाथ गौतम १४ हजार १८४ मतका साथ तेस्रो स्थानमा रहँदा एमालेका अमित लामाले १३ हजार ८१४ मत पाएका छन्। यहाँ उज्यालाे नेपालका याेगेन्द्र लामाले ७ हजार ४०३ मत पाए ।

637217017 1686701182502949 7314719722835501698 N

March 8, 2026, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको