काठमाडौँ । बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम आइरहेका छन् । निर्वाचन आयाेगका अनुसार हालसम्म १२० स्थानकाे नतिजा आइसकेकाे छ ।
विभिन्न जिल्लाका धेरैजसाे निर्वाचन क्षेत्रमा मतगणना भई धमाधम प्रारम्भिक परिणाम आउन थालेका हुन् । मतगणना जारी रहेका स्थान मध्ये रास्वपाकाे पक्षमा उल्लेख्य जनलहर देखिएकाे छ ।
जसमा रास्वपा ३१ स्थानमा अग्रता रहँदा ९४ स्थानमा विजयी भइसकेकाे छ । कांग्रेस ३ स्थानमा अघि छ भने १३ स्थानमा जीत हात पारेकाे छ। यस्तै एमाले ४ स्थानमा अघि र ७ स्थानमा जीत हात पारेकाे छ ।
नेकपाले ३ क्षेत्रमा अघि र ४ स्थानमा जीत हात पारेकाे छ । श्रम संस्कृति ३ स्थानमा अघि देखिएकाे छ । यसैगरि अन्य दलमा राप्रपाले १ स्थानमा जितेकाे छ भने स्वतन्त्र उम्मेदवार महावीर पुनले एक सिट हात पारेका छन् ।

March 8, 2026, Jyotishsanchar press

