यस्ताे छ आजकाे माैसम पूर्वानुमान

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले नेपालमा हाल उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जनाएको छ ।

हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी र हिमाली भागमा साधारणतया बादल लागेको छ । बाँकी भागमा आंशिक बादल लागेको छ ।

आज दिउँसो देशको पहाडी र हिमाली भागमा साधारणतया बादल लाग्नेछ । बाँकी भागमा आंशिक बादल लाग्नेछ ।

आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ। बाँकी भूभागमा आंशिक बादल लाग्नेछ ।

Mausam 11 Lbu2jteuoh

March 8, 2026, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको