प्रत्यक्षमा १६१ स्थानकाे मत परिणाम आयाे

काठमाडौँ । बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुगेकाे छ । निर्वाचन आयाेगका अनुसार हालसम्म प्रत्यक्षमा १६५ मध्ये १६१ स्थानकाे नतिजा आइसकेकाे छ ।

विभिन्न जिल्लाका धेरैजसाे निर्वाचन क्षेत्रमा मतगणना भई परिणाम आइसकेका हुन् । मतगणना भइसकेका स्थान मध्ये रास्वपाकाे पक्षमा उल्लेख्य जनलहर देखिएकाे छ ।

जसमा रास्वपा १ स्थानमा अग्रता रहँदा १२४ स्थानमा विजयी भइसकेकाे छ । कांग्रेसले १७ स्थानमा जीत हात पारेकाे छ भने एक स्थानमा अघि छ। यस्तै एमाले एक स्थानमा अघि र ८ स्थानमा जीत हात पारेकाे छ ।

नेकपाले ७ स्थानमा जीत हात पारेकाे छ । श्रम संस्कृति ३ स्थानमा जितेकाे छ । यसैगरि राप्रपाले १ स्थानमा जितेकाे छ भने स्वतन्त्र उम्मेदवार महावीर पुनले एक सिट हात पारेका छन् ।

Aayog

March 9, 2026, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको