काठमाडौँ । नेपालमा हाल उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशसहित लुम्बिनी प्रदेशका पहाडी र हिमाली भागमा साधारणतया बादल लागेको छ।
बाँकी पहाडी भागमा आंशिक बादल र तराईका केही स्थानहरूमा तुवाँलो लागेको छ।
दिउँसाे सबै प्रदेशका पहाडी र हिमाली भागमा साधारणतया बादल लाग्नेछ। बाँकी भागमा आंशिक बादल लाग्नेछ ।

March 9, 2026, Jyotishsanchar press

