देशमा पश्चिमी वायुको प्रभाव आज पनि कायम

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले नेपालमा हाल पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जनाएको छ।

जसले गर्दा हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भागमा साधारणतया बादल लागेको छ ।

आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भागका थोरै स्थानहरूमा, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भाग तथा लुम्बिनी प्रदेशको तराई भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना छ।

Mausam 11 Lbu2jteuoh

March 10, 2026, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको