काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएकाे छ। जसले गर्दा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित बाँकी प्रदेशको पहाडी र हिमाली भागमा साधारणतया बादल लागेको छ । बाँकी भागमा आंशिक बादल लागेको छ ।
सुदूरपश्चिम प्रदेश लगायत कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसाे लुम्बिनी, कर्णाली र सुदूरपश्चिमलगायत बाँकी पहाडी र हिमाली भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भागमा आंशिक बादल लाग्नेछ।
गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली भागका केही स्थानहरू तथा कोशी बागमती र लुम्बिनी प्रदेशको हिमाली भागको थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।

March 16, 2026, Jyotishsanchar press

