आजका लागि विदेशी मुद्राको विनिमयदर यस्ताे छ

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५२ पैसा तोकिएको छ। यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ ११ पैसा र बिक्रीदर १०४ रुपैयाँ ५४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ६८ पैसा र बिक्रीदर १०८ रुपैयाँ १२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११५ रुपैयाँ २७ पैसा र बिक्रीदर ११५ रुपैयाँ ७४ पैसा तोकिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ६९ पैसा र बिक्रीदर १७० रुपैयाँ ३७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ ३९ पैसा र बिक्रीदर १९७ रुपैयाँ १९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८५ रुपैयाँ ९१ पैसा र बिक्रीदर १८६ रुपैयाँ ६६ पैसा कायम गरिएको छ ।

थाइ भाट एकको खरिददर चार रुपैयाँ ५० पैसा र बिक्रीदर चार रुपैयाँ ५२ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ २८ पैसा र बिक्रीदर ४० रुपैयाँ ४४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७० पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ८६ पैसा र बिक्रीदर नौ रुपैयाँ ९० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ७३ पैसा र बिक्रीदर १५ रुपैयाँ ७९ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ७१ पैसा र बिक्रीदर २२ रुपैयाँ ८० पैसा तोकिएको छ ।

Dolor

March 20, 2026, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको