काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली साथै स्थानीय वायुको प्रभाव रहेको जनाएको छ। जसको प्रभावले कोशी, मधेस र बागमती प्रदेशलगायत बाँकी पहाडी र हिमाली भागमा साधारणतया बादल लागेकाे छ । तराई भागमा आंशिक बादल लागेको छ।
आज दिउँसो देशको पहाडी र हिमाली भागमा साधारणतया बादल लाग्नेछ । तराईमा आंशिक बादल लाग्नेछ। देशको पहाडी र हिमाली भागका थोरै स्थानहरू तथा कोशी र लुम्बिनी प्रदेशको तराईका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना छ।
आज राति देशको हिमाली भागमा साधारणतया बादल लाग्नेछ । बाँकी पहाडी भागमा आंशिक बादल लाग्नेछ ।

March 22, 2026, Jyotishsanchar press

