यस्ताे छ आजकाे माैसम पूर्वानुमान

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

हाल कोशी प्रदेशलगायत देशका हिमाली र पहाडी भागमा साधारणतया बादल लागेको छ भने बाँकी भागमा आंशिक बादल लागेको छ।

कोशी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपात भइरहेको छ ।

आज दिउँसाे देशको पहाडी र हिमाली भागमा साधारणतया बादल लाग्नेछ । तराई भागमा आंशिक बादल लाग्नेछ ।

सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भागका केही स्थानहरू तथा बाँकी पहाडी र हिमाली भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

Winter Rain

March 23, 2026, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको