काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज दोहोरो अङ्कले घटेको छ। नेप्से परिसूचक २४ दशमलव ४५ अङ्कले घटेर दुई हजार ९३५ दशमलव ९४ को विन्दुमा कायम भएको हो।
आज ३४५ कम्पनीको तीन करोड ५८ लाख १९ हजार ८२९ कित्ता शेयर एक लाख ३८ हजार २५६ पटक खरिदबिक्री भए । जसमा १५ अर्ब नौ करोड चार लाख १६ हजार ८४६ बराबरको कारोबार भएको छ।
आजको कारोबारमा उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ४८ र व्यापार समूह तीन दशमलव ४५ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै ङादी ग्रुप पावर लिमिटेडको ५२ करोड ४७ लाख ४७ हजार ५९३ बराबरको शेयर खरिदबिक्री भएको छ ।

March 25, 2026, Jyotishsanchar press

