आजकाे माैसमः केही प्रदेशमा वर्षा हुन सक्ने

काठमाडौं । नेपालमा हाल पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी र गण्डकी प्रदेशका पहाडी र हिमाली भाग तथा वागमती प्रदेशको हिमाली भागमा साधारणतया बादल लागेको छ।

बाँकी पहाडी र हिमाली भागमा आंशिक बादल लागेको छ । तराईमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार, बिहीबार देशको हिमाली भागमा साधारणतया बादल लाग्नेछ । पहाडी भागमा आंशिक बादल लाग्नेछ । तराईमा मौसम मुख्यतया सफा रहने छ । कोशी, वागमती र गण्डकी प्रदेशका हिमाली भागका थोरै स्थानहरू तथा बाँकी पहाडी र हिमाली भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ।

राति, देशको हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ, पहाडी तथा तराई भू–भागमा आंशिक बादल लाग्नेछ ।

Mausam 11 Lbu2jteuoh

March 26, 2026, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको