, ‘मादक पदार्थ सेवन गरी सवारी चलाउनु कानुन विपरीत तथा दण्डनीय कार्य हो : प्रहरी उपरीक्षक नरेशराज सुवेदीले

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । ‘मादक पदार्थ सेवन गरी सवारी चलाउनु कानुन विपरीत तथा दण्डनीय कार्य भएको उहाँले बताउनुभयो हो ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले विशेष अभियानअन्तर्गत ‘सप्राइज चेकिङ’ का क्रममा आज एकै दिन एक सय एक सवारी चालकलाई कारबाही गरेको छ ।उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरिएको उक्त अभियानअन्तर्गत मादक पदार्थ (मापसे) सेवन तथा ट्राफिक नियम उल्लंघन गर्नेलाई नियन्त्रणमा लिई कारबाही समेत गरिएको छ।

त्यस क्रममा मापसे गरी सवारीसाधन चलाउने पाँच जना, रातो बत्ती उल्लङ्घन गर्ने दुई र लेन अनुशासन पालना नगर्ने तथा अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने ९४ वटा सवारीसाधनका चालकलाई कारवाही गरिएको जानकारी दिनुभयो ।

यसले चालक स्वयं, यात्रु तथा सडक प्रयोगकर्ता सबैको ज्यान जोखिममा पार्दछ । सवारी चलाउँदा सावधानी अपनाऔँ । अकालमै ज्यान जानबाट जोगिऔँ ।’ यदि चालकले मादक पदार्थ वा लागूपदार्थ सेवन गरेको शङ्का लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्न पनि उनले आग्रह गर्नुभएको छ।

 

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको