नेपाली कांग्रेसले कांग्रेसले वैशाख २ गते संसदीय दलको नेता चयन प्रक्रिया शुरु गर्ने

काठमाडाैं । 

नेपाली कांग्रेसले कांग्रेसले वैशाख २ गते संसदीय दलको नेता चयन प्रक्रिया शुरु गरेर वैशाख ४ गतेभित्र संसदीय संसदीय दलको नेता चयन गरिसक्ने जनाएको छ।

। प्रतिनिधि सभाको दोस्रो ठूलो तथा मुख्य विपक्षी दलको नेता नचुँनिदा संवैधानिक परिषद् गठन हुन सकेको छैन । आन्तरिक विवादमा अल्मल्लिएको कांग्रेसबाट चयन हुने दलको नेता परिषद्को सदस्य रहनेछन् । संसदीय दलका नेताका लागि अर्जुननरसिंह केसी, भीष्म आङदेम्बे, मोहन आचार्य र भरतबहादुर खड्का लगायतको दावी छ ।

कांग्रेसबाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष र समानुपातिकबाट गरी ३८ जना सांसद निर्वाचित भएका छन् । पुराना नेताहरूबीच मात्रै प्रतिस्पर्धा भइरहेका बेला युवा सांसदहरू योगेश गौचन थकाली, निश्कल राई र बासना थापामध्ये कुनै एकलाई अघि सार्नुपर्ने दबाबसमेत चलिरहेको छ । दलको नेताका प्रमुख आकांक्षीका रुपमा रहेका सांसद अर्जुननरसिंह केसीले सर्वसम्मतिबाटै चयन गरिनुपर्ने बताउँदै आउनुभएको छ ।

त्यस्तै, नेताकेसीले कि वरिष्ठ वा सबै भन्दा युवा सांसदलाई दलको नेता बनाउन सुझाव दिनुभएको छ ।

 

 

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको