वैशाख, काठमाडौं । समानुपातिक सांसदहरूलाई आफ्ना समस्याहरू सहित अन्तरक्रियामा सहभागी हुन प्रधानमन्त्री को सचिवालयले आग्रह गरेको छ
सांसदहरूलाई आफ्ना समस्याहरू के कस्ता छन् र तिनीहरूलाई कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा आज १२ बजे प्रधानमन्त्री बालेन्द्र शाहले समानुपातिक सांसदहरूसँग अन्तरक्रिया गर्ने जनाएको छ।
नीति निर्माण तथा कार्यान्वयनलाई थप प्रभावकारी बनाउने उद्देश्य राखेर जनप्रतिनिधि र कार्यपालिकाबीच अन्तरक्रिया कार्यक्रम राखिएको बालेनको सचिवालयले जनाएको छ। प्रधानमन्त्रीले आफू निर्वाचित भएपछि निरन्तर रूपमा देशको समस्यालाई कसरी समाधान गर्न सकिन्छ भन्ने उद्देश्यले निर्वाचित प्रतिनिधि सभाका सांसदसँग प्रदेश अनुसार भेटेर छलफल गरिरहनु भएको छ

