देशका विभिन्न स्थानबाट लागूऔषधसहित ५ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित ५ जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट खैरो हेरोइनसहित बर्दिया गुलरिया नगरपालिका–१ का २४ वर्षीय निकलेश गोडिया पक्राउ परेका छन्।

त्यस्तै, तनहुँको देवघाट गाउँपालिका–५ सेतीभतेरी टोलका ३६ वर्षीय रोहित भन्ने कृष्ण तामाङलाई गाँजा तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने विभिन्न औषधिसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनको घर खानतलासी गर्दा जरायोको सिङ र गैंडाको छालासमेत बरामद गरिएको छ।

यसैगरी, झापाको हल्दीबारी गाउँपालिका–३ बाङ्गे बजारबाट खैरो हेरोइनसहित थप तीन जनालाई पनि प्रहरीले पक्राउ गरेको छ।

पक्राउ परेका सबैमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको