विस्थापित नागरिकका लागि खाना, बसोबास र यातायातको सुविधा सुनिश्चित

काठमाडौँ । जोखिमयुक्त क्षेत्रमा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित स्थानमा सार्ने अभियान तीव्र रूपमा अघि बढाइएको छ। समस्यामा परेका र सहारा नभएका नागरिकहरूका लागि सरकारले तत्काल राहतस्वरूप होटल तथा लजमा बसोबास र भोजनको व्यवस्था मिलाएको छ।

सरकारले सहयोग आवश्यक पर्ने नागरिकलाई नजिकै रहेका प्रहरीसँग सम्पर्क गर्न आग्रह गरेको छ। साथै, नागरिकहरूको सामान सुरक्षित रूपमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालासम्म ढुवानी गर्ने जिम्मा पनि प्रहरीले लिएको छ। रंगशालामा अभिलेख राखिसकेपछि सम्बन्धित होटल तथा लजसम्म यातायातसहित बसोबासको व्यवस्था गरिने सहरी विकास मन्त्रालयले जनाएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको