काठमाडौँ । Xiaomi ले नेपाली बजारमा नयाँ Redmi Buds 8 Active सार्वजनिक गर्दै बजेट सेग्मेन्टमा बलियो उपस्थिति जनाएको छ। हलुका र इन-इयर कर्भ डिजाइनले आरामदायी प्रयोग सुनिश्चित गर्छ।
यो इयरबड्सले एकपटकको चार्जमा ७ घण्टा र केससहित ३७ घण्टासम्मको प्लेब्याक दिन्छ। १० मिनेट फास्ट चार्जमै २ घण्टासम्म चल्ने सुविधा यसको विशेषता हो।
टाइटानियम कोटेड ड्राइभर, एएसी कोडेक, एआई नॉइज रिडक्सन र डुअल माइक्रोफोनले स्पष्ट र इमर्सिभ ध्वनि अनुभव दिन्छ। साथै गुगल फास्ट पियर र डुअल डिभाइस सपोर्टले कनेक्टिभिटी झनै सहज बनाउँछ। ४,४९९ रुपैयाँमा उपलब्ध यो इयरबड्स कालो र सेतो रङमा पाइन्छ।

