PPMO ह्याक प्रकरण: संगठित अपराध अन्तर्गत थप अनुसन्धान

काठमाडौँ । सरकारी बोलपत्र प्रणाली ह्याक प्रकरणमा थप दुई जना पक्राउ परेका छन्।

Public Procurement Monitoring Office को e-GP प्रणालीमा अनधिकृत पहुँच पु¥याएर ठेक्काका कागजात हेरफेर गरेको आरोपमा उनीहरूलाई Central Investigation Bureau ले नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा स्वदेश पोखरेल र प्रकाश ढुङ्गाना रहेका छन्। उनीहरूले आर्थिक प्रस्ताव खुल्नुअघि नै कागजात परिवर्तन गरेको आरोप लागेको छ।

यस प्रकरणमा साइबर अपराध र संगठित अपराध अन्तर्गत अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको