कतारमा अठार नेपालीलाई आममाफी
Quartar1620185255

चैत १९ गते । कतार सरकारले विभिन्न कसुरमा सजाय पाएका १८ नेपालीलाई आममाफी दिएको छ । कतारस्थित नेपाली दूतावासका अनुसार कतार सरकारले रमदान र इदको अवसरमा थुप्रै आप्रवासीलाई आममाफी दिएकोमा १८ जना नेपालीले यो अवसर प्राप्त गरेका हुन् । 

कतारमा हाल विभिन्न कसुरमा कैद सजाय भुक्तान गरिरहेका नेपालीको सङ्ख्या तीन सयको हारहारीमा रहेको बताइन्छ । दूतावासले आममाफीको निर्णयका लागि कतार सरकारप्रति आभार व्यक्त गरेको छ । 

नेपाल र कतार राज्यबिचको द्विपक्षीय सम्बन्धमा सौहार्दताको प्रतीकका रूपमा मानवीय आधारमा क्षमादानको यस प्रकारको कार्यलाई दूतावासले उच्च सम्मान गरेको छ । 

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको