सांसद पद निलम्बन फुकुवा गर्न दबाब दिन आज सभामुखलाई भेट्दै रवि लामिछाने
Download 2025 03 30t150358.415

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सांसद पद निलम्बन फुकुवा गर्न दबाब दिन आज सभामुख देवराज घिमिरेलाई भेट्न जाँदैछन् ।

लामिछानेसहित रास्वपा सांसदहरू सभामुखलाई भेट्न  सिंहदरबार स्थित कार्यालय जान लागेका हुन् । रास्वपाले एक महिना अघि नै लामिछानेको सांसद पद निलम्बन फुकुवा गर्न सभामुखलाई ध्यानाकर्षण पत्र बुझाएको थियो । तर, त्यसको सुनुवाइ नभएपछि थप पहलको लागि आज सभामुखसँग भेट गर्न लागेका हुन् ।

सहकारी ठगी प्रकरणमा अनुसन्धान जारी रहेकोले पछिल्लो समय लामिछाने राजनीतिमा सक्रिय थिएनन् । तर सोमबारबाट उनी सक्रिय राजनीतिमा फर्किएका छन् ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको