आई.पी.एल. मा आज रोयल च्यालेन्जर्स बेंगलुरु र गुजरात टाइटान्स भिड्दै
I Sujp6ygyhg Rizyqmc1w5xdxsswx7e6ebhpzjn6tf1qadfvx7ldhxqfhza1q7l7qhzhkd0z Pg2bzk1eco U2iepzd4fk4vfoerf6laxivtwh5gjz9mgkwbrzrka0uptvuo1ic4wftxtk5e

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आई.पी.एल.) क्रिकेटमा आज रोयल च्यालेन्जर्स बेंगलुरु र गुजरात टाइटान्स आमनेसामने हुँदै छन् ।

बेंगलुरुस्थित एम चिन्नास्वामी रंगशालामा खेल बेलुकी पौने ८ बजे देखि शुुरु हुनेछ । दुई टोलीबीच हालसम्म भएका खेलमा बेंगलुरुले ३ जित निकाल्दा गुजरातले २ जित निकालेको छ । बेंगलुरुको रजत पाटिदार र गुजरातको कप्तानी शुभमन गिलको कप्तानीमा मैदनमा उत्रनेछन ।

बेंगलुरु हालसम्म अपराजित छ । उ आज घरेलु मैदानमा जित निकाल्दै लगातार तेस्रो जित दर्ता गर्ने प्रयासमा हुनेछ । बेंगलुरुले पहिलो खेलमा कोलकाता नाइट राइडर्स तथा दोस्रो खेलमा चेन्नई सुपर किङ्सलाई हराएको थियो ।

उता बेंगलुरुको अपराजित यात्रा रोक्दै दोस्रो जित निकाल्ने लक्ष्यमा गुजरात रहेको छ । गुजरात पहिलो खेलमा पञ्जाब किङ्ससँग पराजित भएपछि दोस्रो खेलमा मुम्बई इन्डियन्सलाई हराएको थियो ।

अंकतालिकामा हाल बेंगलुरु ४ अंकसहित शीर्ष स्थानमा छ भने २ अंक भएको गुजरात चौथो स्थानमा छ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको