भारतको गुजरातमा पटाका गोदाममा विस्फोट हुँदा १७ जनाको मृत्यु
Indi20aagolagi Mkxwkkgpqt Fby4at0s0aj51abhjwip4prtjn9iny1glei03xklgmawei7zdguywyallsl7 Fbkrkec0jn Iyyfnjs5i4zxu0q6kp93stoouznli8tatsqj5gzd1cts122hr7j5jyvasf4x

एजेन्सी । भारतको गुजरात राज्यमा एक पटाका गोदाममा भएको विस्फोटपछि आगलागी हुँदा १७ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

बनासकाँठा जिल्लाको डीसा नगरमा भएको यस घटनामा गोदामको केही भाग भत्किएको र कैयौँ मानिस फसेको भारतयि सञ्चार माध्यमले जनाएका छन् ।

मृतकमध्ये अधिकांश मजदुर रहेका छन् । शुरुमा ६ जनाको मृत्यु भएको खबर आएपनि आगो नियन्त्रणमा आएपछि खोजी गर्दा मृतक संख्या बढेको हो । घटनाका बेला कति मजदुरहरू उपस्थित थिए भन्ने अझै यकिन हुन सकेको छैन।

भारतीय प्रहरीले घटनाको अनुसन्धान शुुरु गरिसकेको जनाएको छ । भारतमा पटाका कारखाना र गोदामहरूमा सुरक्षाका मापदण्डहरू बेवास्ता गरिने भएकाले यस्ता दुर्घटना बारम्बार हुने गरेका छन ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको