नाटक ‘भीमसेन थापा’ बेलायत र नेपालमा मञ्चन हुँदै
Play Bhimsen Thapa3 1 1

काठमाडौ। नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाको जीवन संघर्षलाई आधार बनाएर युगकवि सिद्धिचरण श्रेष्ठले लेखेको खण्डकाव्य ‘भीमसेन थापा’ मा आधारित नाटक मञ्चन हुने भएको छ। निर्देशक सनम कुमार बैरागको परिकल्पनामा तयार यो नाटक बेलायत र नेपालका विभिन्न सहरमा प्रस्तुत गरिनेछ।

बैरागले भीमसेन थापाको भूमिका आफैँ निभाउनेछन् भने सह-निर्मातामा दिल घले रहेका छन्। नाटकलाई प्रभावशाली बनाउन सङ्गीतकार तारा प्रकाश लिम्बु को सङ्गीत, सपन कुमार राई को गायन र कोरियोग्राफर चरण प्रधानको नृत्य निर्देशन समावेश गरिएको छ।

बेलायतमा अप्रिल २६ देखि मे महिनाभर लन्डन, रिडिङ, विलविच, अल्डरसट, स्कटल्यान्ड लगायतका सहरमा मञ्चन गरिनेछ। नेपालमा भने दसैँ-तिहारपछि मण्डला थिएटरमा १५ शो प्रदर्शन हुनेछ, त्यसपछि पोखरा, चितवन, बिर्तामोड र धरानमा मञ्चन गरिनेछ।

नाटकमा सामन्ता तामाङ, सुरेश श्रेष्ठ, गोपाल बस्नेत र सुशन गुरुङको अभिनय रहनेछ। भीमसेन थापाको योगदानलाई पुस्तौँसम्म जीवित राख्ने उद्देश्यसहित मञ्चन हुन लागेको यो नाटक नेपाली रंगमञ्चका लागि महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको