एलन मस्क पुनः विश्वकै धनी व्यक्तिको सूचीको पहिलो नम्बरमा
Elon20mask Jkm2zfourw 195ghg89tp3ahpyggfuifu4txe7pq4bp0hqgptbacoaa4pmpvz5azooq5dew N3zcxh2ipw F9ocv08jf3dqn1gdm9vdrmimcycozs5rrhhv0fysvxkdbmhwxixbdtasv9xw

एजेन्सी । फोब्र्सले सन् २०२५ का लागि विश्वका अर्बपतिहरुको सूची सार्वजनिक गरेको छ । सूचीअनुसार एलन मस्क ३ सय ४२ अर्ब डलर सम्पत्तिसहित विश्वकै धनी व्यक्ति भएको फोब्र्सले जनाएको छ । 

दोस्रो स्थानमा २१६ अर्ब डलर सम्पत्तिका साथ मेटाका मार्क जुकरबर्ग रहेका छन् । यस वर्ष विश्वका अर्बपतिहरुको सूचीमा ३ हजार २८ उद्यमीहरु रहेका छन् ।  जुन गएको वर्षको तुलनामा २४७ ले बढी हो । यी धनाढ्यहरुको सम्पत्ति गएको वर्षको तुलनामा २० खर्ब डलरले बढेर समग्रमा १६१ खर्ब डलर पुगेको फोब्र्सले जनाएको छ । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार अमेरिका सबैभन्दा धेरै अर्बपति जन्माउने देश बनेको छ । अमेरिका ९०२ अर्बपतिसहित सूचीको शीर्ष स्थानमा छ । फोब्र्सको सूचीमा भएका शीर्ष १० धनाढ्यहरुमध्ये ८ स्थानमा अमेरिकी नाम रहेको छ । अमेरिकापछि हङकङसहित चीन ५ सय १६ अर्बपतिसहित दोस्रो स्थानमा रहेको छ भने भारत २०५ अर्बपतिसहित तेस्रो स्थानमा छ ।  

यस्तै, पहिलो पटक ३ जना अर्बपतिको सम्पत्ति २ सय अर्ब डलरभन्दा बढी भएको छ । फोब्र्सको सूचीमा सय अर्ब डलरभन्दा बढी सम्पत्ति भएका अर्बपतिहरू १५ जना छन् । यस वर्ष २८८ जना नयाँ अर्बपति फोब्र्सको सूचीमा परेको समाचारमा उल्लेख छ । 

पहिलो १० स्थानमा रहेका अर्बपतिमध्ये ७ जना प्रविधि व्यवसाय क्षेत्रका छन् । धनाढ्यहरूको सूचीमा नेपालबाट भने यस पटक पनि विनोद चौधरी मात्रै छन्  ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको