दक्षिण कोरियाका राष्ट्रपति पदबाट बर्खास्त
Yun L7udb00lcg

April 4, 2025, Jyotishsanchar press

दक्षिण कोरियाका राष्ट्रपति युन सुक योललाई त्यहाँको संवैधानिक अदालतले महाभियोग सदर गर्दै पदबाट बर्खास्त गरेको छ। 

दक्षिण कोरियामा सैन्य शासन लागू गर्ने प्रयास गरेपछि त्यहाँको संसद्‌ले लगाएको महाभियोग शुक्रबार संवैधानिक अदालतले सदर गरेको हो।

महाभियोगका पक्षमा संवैधानिक अदालतका आठै सदस्य एकमत भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

उनलाई पदबाट हटाएका कारण दक्षिण कोरियामा अब ६० दिनभित्र आम निर्वाचन गर्नुपर्नेछ।

राष्ट्रपति योलले गत डिसेम्बर ३ मा देशमा सैनिक कानुन लागू गर्ने घोषणा गरेका थिए। तर संसद्‌मा व्यापक विरोध भएपछि दुई घण्टामै घोषणा फिर्ता लिन बाध्य भएका थिए। 

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको