बलिउड अभिनेता मनोज कुमारको निधन
Manoj Kumar Cover X5lh2cbdzc

April 4, 2025, Jyotishsanchar press

बलिउडका दिग्गज अभिनेता मनोज कुमारको शुक्रबार बिहान निधन भएको छ।भारतीय सञ्चारमाध्यमका अनुसार उनले ८८ वर्षको उमेरमा मुम्बईको कोकिलाबेन अस्पतालमा अन्तिम सास फेरेका हुन्।

उनी हिन्दी फिल्म उद्योगमा देशभक्तिपूर्ण फिल्मका लागि परिचित छन्। 

उनका अविस्मरणीय फिल्महरूमा क्रान्ति, उपकार, शहीद, पूर्व और पश्चिम, रोटी कपडा और मकान हुन्।

उनको वास्तविक नाम भने हरिकृष्ण गोस्वामी हो। उनको जन्म १९३७ मा एबटाबादमा भएको थियो, जुन अहिले पाकिस्तानमा पर्छ। 

मनोज कुमारले धेरै देशभक्तिपूर्ण फिल्म गरे र ती यति हिट भए कि उनको नाम ‘भारत कुमार’ रह्यो।

यसैबीच उनको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शोक व्यक्त गरेका छन्। 

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको