हिजो तोलाको १ लाख ८० हजार नाघेको सुनको मूल्यमा आज व्यापक गिरावट, चाँदी पनि सस्तियो
Gold

बिहीबार अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड कायम गरेको सुनको भाउ आज व्यापक रुपमा घटेको छ। 

सुन आज प्रतितोला ३ हजार नौसय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

सुनको मूल्य आज प्रतितोला एक लाख ७६ हजार चारसय रुपैयाँमा झरेको छ। हिजो सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँ बढेर एक लाख ८० हजार तीनसय रुपैयाँ पुगेको थियो। यो अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य थियो। 

आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार आठसय ७० रुपैयाँमा झरेको हो। हिजो चाँदीको मूल्य प्रतितोला एक हजार नौसय ९५ रुपैयाँ थियो। 

गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो। त्यतिबेला सरकारले भन्सारदर घटाएपछि व्यापक घटेको सुनचाँदीको भाउ फेरि उच्च बनेको हो। 

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको