ब्राजिलियन फुटबलर राेबेर्टाे कार्लाेस नेपाल सुपर लिगमा आउने
Carlos1 J1ks7mvkqo

April 5, 2025, Jyotishsanchar press

ब्राजिलियन फुटबलर राेबेर्टाे कार्लाेस जारी एनसेल नेपाल सुपर लिगमा आउने भएका छन्।  ५१ वर्षका कार्लाेसले ब्राजिल र स्पेनिस क्लब रियल मड्रिडबाट खेलेका छन्। डिफेन्डर कार्लाेस २००२को विश्वकप विजेता पनि हुन्।

१९९८ मा ब्राजिल विश्वकपकाे उपविजेता हुँदा डिफेन्डर कार्लाेस महत्त्वपूर्ण सदस्य थिए। यस्तै उनले दुई काेपा अमेरिका र एक कन्फेडेरेसन कप पनि जितेका छन्।

शनिबार दशरथ रंगशालामा आयाेजकले उनी छिट्टै नेपाल आउने जानकारी दिएकाे हाे। कार्लाेसले नेपालका फ्यानलाई छिट्टै भेटाैँला भन्दै भिडिओ सन्देश पनि दिएका छन्। 

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको