यु–१९ पुरुष विश्वकप एसिया छनोट : आज दोस्रो खेलमा नेपालले टस हार्यो
488794101 1107172058105840 2935792049138372693 N G7nx8t6kti B8bskp3de97cqczjxmzjblg00xbo7tpflakcan8uysuy76qvitmwvaewxipk N88thyioit Hbkx8grrfippp1gbt9yh2asthy9xqyimrto2wmx5vipadbxdsvszcwax42rq

April 6, 2025, Jyotishsanchar press

काठमाडौं । नेपाल यु–१९ र अफगानिस्तानको यु–१९ क्रिकेट टोलीबीच तीन खेलको एक दिवसीय शृङ्खलाअन्तर्गत आज दोस्रो खेलमा नेपालले टस हारेको छ ।

मुलपानी क्रिकेट मैदानमा  भएको टसमा अफगानिस्तानले टस जितेर  पहिले ब्याटिङ रोजेको छ । यससँगै नेपालले अब पहिला बलिङ गर्नेछ । यु–१९ पुरुष विश्वकपको एसिया छनोटको तयारीस्वरुप नेपाल र अफगानिस्तानले अभ्यास खेल्न लागेका हुन् ।

यसअघि बिहीबार भएको पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १३० रनको फराकिलो अन्तरमा पराजित भएको थियो । अफगानिस्तानले तीन खेलको सिरिजमा  १–० को अग्रता बनाएको छ ।  यो सिरिजमा हारबाट जोगिन नेपाललाई आजको खेल जित्नुपर्ने दबाब छ ।

यदि नेपाल आजको खेलमा पराजित भएमा यस सिरिजको उपाधि  अफगानिस्तानले जित्ने छ । त्यसैले पनि आज नेपाललाई जित्नैपर्ने दबाब छ । अर्को साता नेपालमा नै आयोजना हुने एसिया छनोटमा नेपाल र अफगानिस्तान, हङकङ, युएई र ओमानले प्रतिस्पर्धा गर्नेछन् । रासस

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको