कंगोको राजधानीमा मुसलधारे वर्षाका कारण ३० जनाको मृत्यु
Congo Rain Su9jqrc8c3

April 7, 2025, Jyotishsanchar press

कंगो लोकतान्त्रिक गणतन्त्रको राजधानी किन्सासामा आएको मुसलधारे वर्षाले करिब ३० जनाको ज्यान लिनुका साथै मध्य अफ्रिकी महानगरमा विनाश मच्चाएको एक अधिकारीले आइतबार बताएका छन् ।

“धेरै घाइतेहरू छन्, उनीहरूलाई बाहिर निकालिएको छ र अहिलेसम्म शनिबारको मुसलधारे वर्षाबाट मृत्यु हुनेहरूको सङ्ख्या ३० को हाराहारीमा छ”, किन्सासाका प्रान्तीय सार्वजनिक स्वास्थ्यमन्त्री प्याट्रिसियन गोङ्गो अबाकाजीले भने ।

चिकित्सकका अनुसार पीडितहरू या त डुबेका थिए वा आफ्नो घरको भित्ताहरू भत्किँदा मारिएका थिए । शुक्रबार राति शनिबारसम्म परेको वर्षापछि, पानीको सतह बढ्दा करिब एक करोड ७० लाख जनसङ्ख्या भएको महानगरको धेरै बाहिरी र गरिब उपनगरहरूलाई ध्वस्त बनाएको छ ।

त्यस्तै बढ्दो वर्षाका कारण राष्ट्रिय सडकमध्ये एकमा यातायात बन्द भयो । यो सडक किन्सासाको मुख्य सडक मार्ग हो । यो सडक मार्ग हुँदै केन्द्रबाट विमानस्थलसम्म तथा साथै धेरै छिमेकी जिल्लामा पुग्न सकिन्छ ।

बाढीले प्रायः किन्सासालाई प्रभावित गर्दछ । किन्सासा नाइल पछि अफ्रिकाको दोस्रो सबैभन्दा ठुलो कंगो नदीको किनारमा अवस्थित छ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको