
April 8, 2025, Jyotishsanchar press
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले को आयोजनामा काठमाडौंको बृहत् खबरदारी सभा बल्खुमा सुरु भएको छ। खबरदारी सभाका लागि राप्रपाका नेता कार्यकर्ता काठमाडौँका विभिन्न क्षेत्रबाट बल्खुमा पुगिरहेका छन्। अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरू अहिले बल्खु पुगिसकेका छन्।
राप्रपाले सभामा घुसपैठ हुन सक्ने भन्दै सचेत हुनका लागि स्वयम्सेवक परिचालनमा विशेष ध्यान दिएको पनि बताएको छ।
सभालाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलगायतका नेताहरूले सम्बोधन गर्ने तयारी छ। यसअघि राप्रपाका नेताहरूसमेतको सहभागितामा राजावादीहरूले चैत १५ गते तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक बनेकाले राप्रपाको मंगलबारको सभा तथा जुलुसलाई लक्षित गर्दै सुरक्षा निकायहरूले निगरानी बढाएका छन्।
सुरक्षामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका टोलीहरू गरी तीन निकायका सुरक्षाकर्मीहरू बाक्लो संख्यामा खटिएका छन्।

