सेयरबजारमा साढे ५ अंकको गिरावट, साढे ५ अर्बको कारोबार
Stock Market 2 20240502090755original Image 23 2vh58nk5vr

April 10, 2025, Jyotishsanchar press

सेयरबजारमा आज साढे ५ अंकको गिरावट आएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सूचक ५.५७ अंकले घटेर २६७०.७० विन्दुमा रोकिएको हो।

यस दिन साढे ५ अर्बको सेयर किनबेच भएको छ। कुल १ करोड १३ लाख कित्ता सेयर बिक्रीपछि ५ अर्ब ६० करोडको कारोबार भएको हो।

साताको अन्तिम कारोबार दिन आज ११४ वटा सेयरको मूल्य बढ्दा १३१ वटाको घटेको र एउटाको अघिल्लो मूल्यमै कारोबार भएको छ।

नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफका सेयरधनीले समान ९.९८ प्रतिशतले कमाउँदा सिन्धु विकास बैंक र विन नेपाल लघुवित्तका सेयरधनीले ७.९८ र ७.२८ प्रतिशत आम्दानी गरे।

त्यसैगरी बोटलर्स नेपाल बालाजु र हिमालयन पावर पार्टनर्सका लगानीकर्ताले भने ४.३७ प्रतिशतसम्म प्रतिसेयर नोक्सानी व्यहोरे। सर्वाधिक कारोबारमा आज राधी जलविद्युत् अगाडि रह्यो। कम्पनीको ३५ करोड ९४ लाखको सेयर कारोबार हुँदा एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको ३५ करोड २९ लाखको किनबेच भयो।

हिमालयन रिइन्स्योरेन्सको पनि लगानीकर्ताले आज ३० करोड र सीईडीबी होल्डिंग्स लिमिटेडको २९ करोडको कारोबार गरे।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको