चीनबाट अमेरिका आउने धेरै उत्पादनमा १४५ प्रतिशतसम्म भन्सार शुल्क
Xi Trump Dyudmrqgjm

April 11, 2025, Jyotishsanchar press

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानलाई लक्षित गर्दै पछिल्लो समय गर्नुभएको कर वृद्धिले धेरै उत्पादनमा १४५ प्रतिशत भन्सार शुल्क पुगेको छ ।

चीनबाट अमेरिका आउने धेरै उत्पादनमा १४५ प्रतिशतसम्म  भन्सार शुल्क  ह्वाइट हाउसले पुष्टि गरेको हो ।

अमेरिकाले अरु देशका लागि ९० दिनका लागि थप कर वृद्धिको योजनालाई स्थगित गरे पनि चीनविरूद्ध लगातार कर वृद्धिको घोषणा गरिरहेको छ ।

ट्रम्पले चिनियाँ आयातमा नयाँ करको घोषणा गर्दै कुल कर दर १२५ प्रतिशत पुर्‍याउनु भएको छ । यससँगै ट्रम्पले यो वर्ष चिनियाँ उत्पादनमा लगाएको कुल कर १४५ प्रतिशत पुगेको छ ।

करको बदला कर नीतिले दुई देशबीचको तनाव बढाइरहेको छ । कर वृद्धिको चेतावनीसँगसँगै दुई देशबीच पूर्ण स्तरको व्यापार युद्ध हुने सम्भावना देखिएको छ ।

चीनले अमेरिकासँग नझुक्ने र अन्तिमसम्म लड्ने बताएको छ । अमेरिकी निर्णयको जवाफ दिँदै चीनले पनि अमेरिकी सामानको आयातमा कडाइ गरेको छ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको