इजरायलद्वारा १० जना प्यालेस्टिनी कैदी रिहा
Gaza Final Srr9ay3u3c

April 11, 2025, Jyotishsanchar press

एजेन्सी । प्यालेस्टिनी स्रोतहरूले बिहीबार इजरायली अधिकारीहरूले दक्षिणी गाजाको खान युनिसको उत्तरपूर्वमा रहेको सानो क्रसिङ किसुफिम हुँदै १० प्यालेस्टिनी कैदीहरूलाई रिहा गरेको बताएका छन् ।

प्यालेस्टिनी एन्क्लेभमा इजरायली स्थल कारबाहीको क्रममा पक्राउ परेका यी कैदीहरू मध्य गाजाको देइर अल–बलाहस्थित अल–अक्सा अस्पतालमा पुगेका हुन् ।

उनीहरूलाई जेलको पोशाक लगाएर स्वास्थ्य अवस्था कमजोर भएको अवस्थामा बसबाट ओर्लिएको देखिएको थियो ।

इजरायली सेनाले अक्टोबर २०२३ देखि गाजामा आफ्नो स्थल आक्रमणको क्रममा हजारौं प्यालेस्टिनीहरूलाई हिरासतमा लिएको छ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको